रियाशालाई भेट्न दीपक र विशालको यस्तो बहाना (भिडियो)

  • 2
    Shares
रियाशालाई भेट्न दीपक र विशालको यस्तो बहाना (भिडियो)

काठमाडाैं । गायक कमल खत्रीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत् स्रोतामाझ आएका हुन् । ‘पानी पिउने बहाना’ गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको गीतको भिडियोमा दीपक घिमिरे, विशाल रेग्मी, कमल खत्री र रियाशा दाहालले अभिनय गरेका छन् । भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ ।

निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

भिडियो :