काठमाडौं उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५१२  कोरोना संक्रमित

काठमाडौँ, २८ भदौ।काठमाडौं उपत्यकामा ५१२ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुषगरि ४४० जना, ललितपुरमा ११ महिला र १८ पुरुष गरि २९ जना तथा भक्तपुरमा २८ महिला र १५ पुरुष गरि ४३ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।