पछिल्लो २४ घण्टामा थपिए ११७० कोरोना संक्रमित, १५ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ११७० कोरोना संक्रमित, १५ जना संक्रमितको मृत्यु

काठमाडौँ, २८ भदौ।नेपालमा पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।