काठमाडौं उपत्यकामा थपिए ५९७ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५९७ संक्रमित

काठमाडौँ, २८ भदौ।आइतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १७८ महिला र ३०५ पुरुष गरि ४८३ जना, भक्तपुरमा २२ महिला र ५९ पुरुष गरि ८१ जना र ललितपुरमा १६ महिला र १७ पुरुष गरि ३३ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३४५ जनाले ज्यान गुमाएका छन् ।