पछिल्लो २४ घण्टामा थपिए १०३९ कोरोना संक्रमित, ९ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १०३९ कोरोना संक्रमित, ९ जना संक्रमितको मृत्यु

काठमाडौँ, २८ भदौ।पछिल्लो २४ घण्टामा थप १०३९ जना कोरोना भाइरस (कोभिड-१९) को पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका प्रयोगशालामा ९१६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेकाे छ । बितेको २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ ।

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको