यसरी पुर्‍याइयो नेपाली सेनाको जहाज सडकमा गुडाउँदै नारायणहिटी संग्रहालय {फाेटाे}

  • 40
    Shares
यसरी पुर्‍याइयो नेपाली सेनाको जहाज सडकमा गुडाउँदै नारायणहिटी संग्रहालय {फाेटाे}

काठमाडौं, २८ भदौ । नेपाली सेनाको प्रयोग गर्न नमिल्ने जहाज सडकमा गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।

फाेटाे: राष्ट्रवाणी डट कम

कल साइन एन ए–०२० भएको एभ्रो एयर क्राफ्टको उक्त जहाज भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

फाेटाे: राष्ट्रवाणी डट कम

जहाज पुन प्रयोगमा ल्याउन नमिल्ने भएपछि जहाजको पार्टपुर्जा निकालेर तानेर गुडाउँदै नारायणहिटी तर्फ लगिएको छ । जहाजलाई नारायणहिटी संग्रहालय पुर्याएपछि झिकिएका पुर्जाहरु पुन ‘एसेम्बल’ गरिने सेनाले बताएको छ ।

फाेटाे: राष्ट्रवाणी डट कम

नारायणहिटी संग्रहालयमा राखिने उक्त जहाज संग्रहालय घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो एभ्रो एयर क्राफ्ट कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी सिट क्षमता भएको जहाज हो ।

फाेटाे: राष्ट्रवाणी डट कम