पछिल्लो २४ घण्टामा थपिए १२ सय २ कोरोना संक्रमित, संक्रमितको संख्या ५३ हजार नाघ्यो

  • 16
    Shares
पछिल्लो २४ घण्टामा थपिए १२ सय २ कोरोना संक्रमित, संक्रमितको संख्या ५३ हजार नाघ्यो

काठमाडौं, २७ भदौ । पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार २ सय ६० जना छन् भने ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।