आज थपिए १४५४ कोरोना संक्रमित, ५ जना संक्रमितको मृत्यु

आज थपिए १४५४ कोरोना संक्रमित,  ५ जना संक्रमितको मृत्यु

काठमाडौं,२६ भदौ ।पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । यस्तै गएको २४ घण्टामा नाै सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो ।