

काठमाडौं, २४ भदौ । भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
निषेधाज्ञा यातायात र व्यवसायीक क्षेत्रका लागि भोलिदेखि खुल्ने भएको हो । सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यवसायहरुलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने बताइएको छ ।
हेर्नुहाेस् आदेशको पूर्णपाठ


