आज थपिए १०८१ कोरोना संक्रमित, ६ जना संक्रमितको मृत्यु

आज थपिए १०८१ कोरोना संक्रमित, ६ जना संक्रमितको मृत्यु

काठमाडौं,२४ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ६७ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

प्रवक्ता डा। गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा नौसय १८ जना निको भएका छन् ।

आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।