पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु, २२८७ जना डिस्चार्ज

  • 30
    Shares
पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु, २२८७ जना डिस्चार्ज

काठमाडौं, २३ भदौ । पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको छ । थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । संक्रमितमध्ये ३२ हजार ९ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ६११ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ ।