नेपालगन्ज,२३ भदौ ।अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ ।
सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । ।टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नेपालगन्ज पठाइएको थियो ।