भारतमा एकैदिन साढे ९० हजार संक्रमित थपिए

भारतमा एकैदिन साढे ९० हजार संक्रमित थपिए

काठमाडौं, २० भदौ । भारतमा गत २४ घण्टामा साढे ९० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा त्यहाँ ९० हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ४१ लाख १० हजार हजार नाघेको छ । कोरोनाबाट शनिबार त्यहाँ १ हजार ४४ संक्रमितको मृत्यु भएको छ ।

योसहित भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय नाघेको छ । त्यहाँ हालसम्म ३१ लाख ७७ हजार संक्रमित डिस्चार्ज भएका छन् ।

शनिबार विश्वभर २ लाख ६९ हजार नयाँ संक्रमित भेटिँदा ४ हजार ७८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६० हजार नाघेको छ ।

तिमध्ये हालसम्म १ करोड ९१ लाख ५९ हजार निको हुँदा ८ लाख ८३ हजार संक्रमितले ज्यान गुमाएका छन् ।एजेन्सी