नयाँ उर्जा लिएर स्वदेश फर्कदैछुँ

  • 97
    Shares
नयाँ उर्जा लिएर स्वदेश फर्कदैछुँ

दिलिपबाबु शिवा

अन्तत: एउटा लामो अध्यायको आजबाट आफ्नै हातले स्वेच्क्षाका साथ अन्त्य गर्ने निर्णयमा पुगेको छु। २०१३ बाट क्रमिकरुपमा जापानको बसाईमा विविध माध्यमबाट म प्रति माया-सद्भाव राख्नुहुने तमाम मेरो ईष्टमित्रहरुमा अन्तरमनबाट नमन टक्र्याउदछु।

जिवन यात्राका उकालि ओरालीहरुलाई भोग्दै जादा बिचबाटोमा मबाट केहि कमि-कमजोरी भएको भएमा अज्ञानी सम्झिएर क्षमा गरिदिनुहुनेछ भन्ने आशा गरेको छु।

७ बसन्त जापान बसाईका दौरान के पाईस् र कति कमाईस् भन्ने प्रश्नको उत्तरमा सदैव यति सिके भनेर दिने गरेको थिए। आज उप्रान्त पनि मलाई के ल्याईस् र कति कमाईस् भनेर नसोधिदिनु होला । मैले लामो अनुभव र जिवन जिउने कला सिकेर आएको छु।

म माथि आशा र भरोसा राखेर हरेक परिस्थितीमा मलाई माया र सद्भाव दिने यहाहरु मेरो जिवनको उर्जा हुनुहुन्छ। सात बर्षको टिकेको साथ अटुट र अमर हुन्छ भन्छन्। सात बर्षको मिठो अनुभवका साक्षि-सारथि सबैमा यहिबाटै मिठो सम्झना।

नयाँ उर्जा लिएर देश फर्कदैछु, देशले बोलाएरै फर्किएको हूँ जस्तो पनि लाग्छ। मिठो अनुभव र ठुलो सपना-संकल्प लिएर जादैछु, यहाहरुको यस्तै साथ र सद्भावको आजिवन अपेक्षा गरेको छु।

7年間の貴重なご体験ありがとうございました。

फेरीपनि सबैमा आभार !

जय नेपाल