‘नसालु माया’ का साथमा आउँदै राजु श्रेष्ठ

‘नसालु माया’ का साथमा आउँदै राजु श्रेष्ठ

काठमाडौं । सहकारी क्षेत्रमा क्रियाशील राजु श्रेष्ठ गायन मार्फत कलाजगतमा प्रवेश गरेका छन् । उज्जल भबिष्य बचत तथा सहकारी संस्थाका अध्यक्षसमेत रहेका श्रेष्ठको गीत चाँडै बजारमा आउँदै छ ।

चर्चित लोक गायिका सोनिया डिसि को शब्द/लय मा श्रेष्ठको समधुर आवाज पनि सुनिनेछ । ‘नसालु माया’ गीतमार्फत श्रेष्ठ गीति क्षेत्रमा प्रवेश गरेका हुन् । गीतको मङ्गलम रेकर्डिङ स्टुडियोमा रेकम सम्पन्न भइसकेको छ । गायक श्रेष्ठका अनुसार गीतको छायांकन पनि छिट्टै सुरु हुनेछ । गायन क्षेत्रमा प्रवेश गरेका श्रेष्ठलाई हाम्रो पनि शुभकामना ।

गीत= नसालु माया
शब्द /लय= सोनिया डि:सी
गायक=राजु श्रेष्ठ
गायिका=सोनिया डि:सी
संगीत एरेन्ज = कृष्ण लामिछाने
स्टुडियो = मङ्गलम रेकर्डिङ स्टुडियो