रुपन्देही,१४ भदौ । रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले दिएको अपडेट अनुसार अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिकाको वडा नम्बर ५ का ६७ बर्षिय पुरुषको मृत्यु भएको छ ।
उनी आइतबार बिहान ४:३५ बजे अस्पताल भर्ना भएको र मध्यान्ह १२:३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।