काठमाडौं, १३ भदौ । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नयाँ ८ सय ८४ संक्रमितसहित देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको हो । संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन्।