दक्षिण कोरिया । विश्वका अगुवाहरूबाट दक्षिण कोरियाली सरकार र संयुक्त राष्ट्र संघलाई कोभिड-१९ क्वारेन्टिनको नाममा धार्मिक दमन सच्याउन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण विश्वभरि निरन्तर बढ्दै जाँदा दक्षिण कोरियामा भइरहेको धार्मिक उत्पीडन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट आवाज उठ्दैछ, जुन कोभिड-१९ क्वारेन्टिनको उदाहरणीय मुद्दा भनेर चिनिन्छ।
अगष्ट १७ मा, क्यारेबियन लिडर्स फर पिस (सीसीएलपी-CCLP)सहमिलनले क्यारेबियनका पूर्व र वर्तमान अगुवाहरू मिलेर बनेको संयुक्त राष्ट्र मानवअधिकार परिषद् (यूएनएचआरसी) का अध्यक्षले दक्षिण कोरियाली परराष्ट्रमन्त्री काङ क्युङग-वा र संयुक्त राष्ट्र संघीय मानव अधिकारका लागि उच्चायुक्त मिशेल ब्याचुलेतलाई संयुक्त पत्र पठाउनु भएको थियो।
पत्रमा उहाँहरूले भन्नुभयो कि सरकारहरूले महामारीको तात्कालिन प्रतिक्रियामा पनि धर्म, जाति, जातीयता वा सामाजिक आर्थिक स्थिति जस्तोसुकै भए पनि मानवअधिकारको संरक्षणको जिम्मेवारी लिनुपर्दछ र सिन्छन्जी चर्च,दक्षिण कोरियामा आधारित ईसाई सम्प्रदाय बिरूद्ध चलिरहेको उत्पीडन जो यस वर्षको सुरूवात देखि नै अप्रत्याशित आम संक्रमणबाट ग्रस्त भएका प्रति चिन्ता व्यक्त गर्नुभयो।
यस संयुक्त पत्रभन्दा अघि ११ गैर संघ-संस्थाहरू, युरोपिएन कोर्डिनेसन अफ असोशियसन एण्ड इन्डिभिजवल फर फ्रिडम अफ कनसाईन्स (सीएपी-एलसी/ CAP-LC) समावेशी रूपमा
सिन्छन्जी चर्च बिरुद्द अनुपयुक्त लक्षित भेदभावको बारेमा संयुक्त राष्ट्र महासचिवलाई “संयुक्त राष्ट्र उच्चायुक्तको लागि मानव अधिकार आयोगको वार्षिक रिपोर्ट” पेस गरे।
वार्षिक प्रतिवेदन “गणतन्त्र कोरियामा कोभिड -१९ संक्रमणको लागि सिन्छन्जी सदस्यहरूलाई चारा बनाएर दोषी देखाएका छन् ” भन्ने शीर्षक थियो।
उक्त पत्रमा सिन्छन्जी र कोभिड -१९ वरपरका तथ्यहरूलाई छोटकरीमा औंल्याइएको छ;
● कोविड – १९ चीनबाट दक्षिण कोरियामा प्रवेश भएको थियो।
● कोरिया रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार थेगु शहरमा (सिन्छन्जी) ३१ बिरामी (थेगुमा) पुष्टि हुनु अघि नै भाइरस थेगु शहरमा फैलिसकेको थियो।
● सरकारले चीनको सीमा बन्द गर्न अस्वीकार गर्नाले यसको प्रकोपमा ठूलो योगदान पुर्याएको।
● बढ्दो सार्वजनिक असन्तुष्टिको बाबजुद सरकारले चीनमा यात्रा प्रतिबन्ध लगाएन र न्यायमन्त्री चू मी-एले अभियोजकलाई सिन्छन्जीको अनुसन्धान गर्न आदेश दिए।
● स्वास्थ्य उपमन्त्रीको पुष्टि अनुसार एकत्र गरिएको निजी पहिचान जानकारीको सूची सरकारले संकलन गरेको र जाँच गरेको भन्दा त्यति फरक थिएन।
● सिन्छन्जीले पेश गरेकाे मण्डलीका सदस्यहरूको सूची पूरा नभएको भन्दै अभियोजकहरूले सिन्छन्जीका अधिकारीहरूलाई गिरफ्तार गरेका छन्।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ) द्वारा “कोरोनाभाइरस (कोभिड-१९) प्रति विश्वव्यापी प्रतिक्रिया र धार्मिक अभ्यास र धार्मिक स्वतन्त्रतामा पर्ने असरबारे तथ्य पृष्ठ”भन्ने प्रतिवेदनलाई सन्दर्भमा लिएर संयुक्त पत्रमा दोहोर्याएर कसरी सार्वजनिक स्वास्थ्य आपतकाल सीमान्तकृत धार्मिक समूहहरुमा जोखिम बढाउन सक्छ एक जीवन्त उदाहरण दक्षिण कोरियाले प्रदान गरेको छ।
उहाँहरूले दक्षिण कोरियाली सरकारको मौनताको परिणाम अन्य धार्मिक अल्पसंख्यकहरू विरुद्ध समान उत्पीडन, हिंसा र उत्पीडनलाई अनुमति दिनको लागि खतरनाक विश्वव्यापी उदाहरण बसाल्ने भनेर हालको अवस्थाको बारेमा औल्याउँदै, कोरियाली सरकारलाई “यस भेदभावको अन्त्य गर्न कदम अगाडि बढाउन” कडा आग्रह गर्नुभयो।