काठमाडौं, ८ भदौ । नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २७१ महिला र ५८४ पुरुष गरि ८५५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमा काठमाडौंका १९९ जना, भक्तपुरका १४ जना र ललितपुरका १९ जना रहेको उहाले बताउनुभयो । त्यस्तै कोरोनाका कारण थप सात जनाको मृत्यु भएको छ । काठमाडौंका ७१ बर्षिय महिला, काठमाडौंकै ७४ र ६६ बर्षिय पुरुष, सिराहाका २२ बर्षिय पुरुष, पर्साका ६८ बर्षिय पुरुष, धनुषाका ७६ बर्षिय पुरुष र रुपन्देहीका ५३ बर्षिय पुरुष रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
मंगलबार ३१३ जना डिष्चार्ज भएका छन् भने हाल क्वारेन्टाइनमा १०४५३ जना रहेका छन् ।