नेपालमा थप ७४३ सङ्क्रमितको पुष्टि, काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

नेपालमा थप ७४३ सङ्क्रमितको पुष्टि, काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए

काठमाडौं, ८ भदौ । नेपालमा आज कोरोना भाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिमामा दश हजार २३४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।