पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र २१६ जना

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र २१६ जना

काठमाडौं, ६ भदौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

देशभर रहेका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ ।