काठमाडौँ, ५ भदौ ।पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ ।