पूर्व मन्त्री बस्नेतसहित सबै परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

पूर्व मन्त्री बस्नेतसहित सबै परिवारको पीसीआर रिपोर्ट नेगेटिभ

-रामचन्द्र दुलाल-

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राजधानीको हेम्स अस्पतालमा गरिएको परिक्षणमा बस्नेतसहित उनका चार दाजुभाइ र चार बुहारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

पूर्वमन्त्री बस्नेतका बुबा खड्गबहादुर बस्नेतको मृत्यू भएको ६ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएपछि विभिन्न टिकाटिप्पणी हुदै आएको थियो । कोरोना महामारी नियन्त्रणको अभियानमा सक्रिय रुपमा होमिएका बस्नेतको योगदानको अवमूल्यन गर्दै उनी र उनको परिवारमाथि सामाजिक र मानसिक टर्चर समेत पैदा गरिएको थियो ।

पूर्वमन्त्री बस्नेतले बुबाको १३ दिनको काम सक्ने वित्तिकै मंगलबार स्वाब परिक्षण गराएका हुन । बुधबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । स्वर्गीय बस्नेतको अन्तिम संस्कारमा सहभागी ५३ जनको स्वाब बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले संकलन गरेको छ । यसअघि अन्तिम संस्कारमा सहभागी ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।