क्यारेबियन प्रिमियर लिगमा सन्दिप क्रिस गेलको टोलीबाट खेल्ने

क्यारेबियन प्रिमियर लिगमा सन्दिप क्रिस गेलको टोलीबाट खेल्ने

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार अमेरिकी डलरको बोली लगाएको छ ।

उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।

क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् । सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

गत महिना ईण्डियन प्रिमियर लिग आईपिएलको दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आफ्नो टोलीमा आबद्ध गरेसँगै आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी भएका सन्दिप अब क्यारेबियन प्रिमियर लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी भएका छन् ।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रिअट्समा वेष्ट ईण्डिजका क्रिस गेल, कार्लोस ब्राथवेट, एभिन लुईस जस्ता खेलाडीहरु छन् भने यसै टोलीमा बेन कटिङ्गस पनि छन् ।