राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ, ३ भदौ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीर राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पुष्प कमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले घिमिरेको निवासमै पुगेर श्रद्धाञ्जली दिएका थिए ।