काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ भदौ।मंगलबार काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।

मंगलबार नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोनाका कारण थप ७ मृत्यु भएको र हालसम्म मृत्यु हुनेको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।