आजदेखि बाहिरी जिल्लाबाट काठमाडौं आवत–जावत बन्द

  • 24
    Shares
आजदेखि बाहिरी जिल्लाबाट काठमाडौं आवत–जावत बन्द

काठमाडौं, २९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजबाट काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरेको छ ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि गृह मन्त्रालयको निर्देशनमा जिप्रका काठमाडौंले बिहीबार सूचना प्रकाशन गर्दै पास बन्द गरेको हो ।कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाइ गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।