प्रतितोला रु चौबीस सयले बढ्यो सुन

प्रतितोला रु चौबीस सयले बढ्यो सुन

काठमाडौँ, २९ साउन। नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ ।

बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो ।रासस