थप ४८४ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

थप ४८४ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडौँ, २८ साउन ।नेपालमा पछिल्लाे २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा चार सय ८४ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको हो।काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस अनुसार काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ९१ पुगेको छ