क्याप नेपालको एकदिने इएनटी शिविर सम्पन्न

क्याप नेपालको एकदिने इएनटी शिविर सम्पन्न

काठमाडौं । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले एक दिने शिविर उत्साहजनक सहभागीतामा सम्पन्न गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले वीपी नेत्र प्रतिष्ठानसंगको सहकार्यमा आखाँ, नाक, कान, घाटी (इएनटी) एकदिने शिविर सम्पन्न गरेको हो ।

काठमाडौंको सोह्रखुट्टे, नयाँबजारस्थित नमूना महिला विद्यालयमा आयोजना गरेको शिविरमा १ सय २० जना भन्दा बढीले आखाँ, नाक, कान, घाटीका विज्ञहरुबाट चेकअप गराउनुभएको क्याप नेपालका कार्यक्रम व्यवस्थापक अभिशेक थापाले बताउनुभयो । शिविरमा क्याप नेपालले सञ्चालन गरेको साथी शिक्षा कार्यक्रम र नमूना महिला विद्यालयका विद्यार्थी, क्याप नेपालमा कार्यरत कर्मचारीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुलाई पौष्टिक आहार सकेत वितरण गरिएको थियो । क्याप नेपालका प्रबन्ध निर्देशक भुपाल ढकालका अनुसार क्याप नेपालले यस प्रकार शिविरहरु निरन्तररुपमा सञ्चालन गर्दै आइरहेको छ । यस्ता शिविरहरुबाट दैनिकरुपमा बेवाखस्ता गरिदै आइएको आफ्नो स्वास्थ्यको चेकअप हुनुकासाथै भएका समस्याको पहिचान गरेर समयमै उपचारका लागि बाटो देखाउने अवसर भएको ढकाल बताउनुहुन्छ ।

क्याप नेपालका प्रबन्ध निर्देशक ढकाल भन्नुहुन्छ –‘सामाजिक, साँस्कृतिक तथा आर्थीक बिभेदका कारण उब्जने लैगिंकतामा आधारित हिंसा, मानव बेचबिखन तथा व्यवसायिक यौन दुव्र्यवहारको अन्त्य गर्नका लागि महिला, किशोरी तथा बालिकाहरुको विकास, सशक्तिकरण तथा सवलिकरण, र अधिकारका लागि पैरवी गर्दै आएको चेतना अभिबृद्धि केन्द्र (क्याप) नेपालले, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा घुम्ति शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।’
क्याप नेपालले नियमितरुपमा आयोजना गर्दै आएको यस प्रकारका कार्यक्रमहरुले पीडितहरुलाई जीवन परिवर्तनकालागी उत्प्रेरणा प्रदान गर्न मद्दत पुग्दै आएको बताइएको छ ।