भूगोलको आँगनमा विनोद नेपालको गोदान

भूगोलको आँगनमा विनोद नेपालको गोदान

काठमाडौं, २७ साउन । कोरोना महामारीको सन्त्रासका विच निकै होसियारीपूर्वक कथाकार विनोद नेपालको लघुकथा संग्रह गोदानको विमोचन भूगोल साहित्य समाजको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि स्रष्टा समाजका अध्यछ विधान आचार्यले लघुकथाको प्रारम्भ २००७ को वाट भएको , २०३० पछि यो निकै उन्नत हुदै गएको र अहिले नेपाली साहित्यको अति प्रिय विधाको रुपमा स्थापित भएको वताउनु भयो । वहाले लघुकथा पढ्दा जति सहज लाग्छ तर लेखन निकै चुनौतिपूर्ण रहेको वताउदै विनोद नेपालका कथाहरु चोटिला रहेको भन्नु भयो । वहाले थप्नु भयो लेखन निरपेछ हुन सक्छ तर अवको समालोचना परम्रागत धारवाट मुक्त हुनु पर्छ । अवको पुस्ताले समालोचना माथि निर्मम समालोचना गर्न शुरु गरेको छ ।

विशिष्ट अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विनोद नेपालका कथाहरु मन छुने खालका भएको र भविष्यमा अझै परिष्कृत हुने विश्वास व्यक्त गर्नु भयो । समारोहमा वोल्दै वहाले भन्नु भयो लघुकथालाई नेपाली साहित्यको एउटा विधाको रुपमा स्थापित गराउन निकै संघर्ष गर्नु परेको हो । लघुकथा लेख्नेहरुलाई हतोत्साहित गर्ने , लेखक स्वीकार नगर्ने र लघुकथालाई नेपाली साहित्यको विधा नै होइन भन्ने नेपाली साहित्यका महारथीहरु अहिले लघुकथाको लहर देखेर छक्क छन् । स्रष्टा कहिल्यै निर्दयी र खराव हुदैन । दृढता र आत्मविश्वास साथ अघि वढे सफलता अवश्य हात लाग्छ ।

अर्का अतिथि ध्रुव मधिकर्मीले अहिले सवै भन्दा बढि लेखिएको विधा लघुकथा हो तर यो शव्दको सिमितता मात्र भन्दा पनि कथामा विषयवस्तु , यसको गम्भीरता र यसले समाजलाई पार्ने प्रभाव नै महत्वपूर्ण हुने बताउनु भयो ।लघुकथाकार विनोद नेपालले आफूले ४० को दशकवाट नै राष्टिय पत्रिकाहरुमा लेख्न थालेको भए पनि विविध कारणले पुस्तक निकाल्न अनुकुल नभएको तर अहिले आफूले कुति सार्वजनिक गरेको र त्यसको मूल्याकन पाठकले गरिदिनु पर्ने वताउनु भयो । उक्त समारोहमा पवन आलोक , पुरुषोत्तम निरौला , प्रकाश घायल , दिपक लोहनी , जानु धितालले शुभकामना मन्तव्य दिनु भएको थियो भने उमेश तिमिल्सीना , गुप्त राना , हरिश्चन्द्र गौतमले गोदान भित्रका कथाहरु पाठ गर्नु भएको थियो ।

समारोहको सञ्चालन कवि शैलेन्द्रकुमार शाहले गर्नु भएको थियो भने सभापतित्व भूगोल साहित्य समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले गर्नु भएको थियो । सभामा सवै पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो असहज अवस्थामा पनि कार्यक्रममा उपस्थित भएर साथ दिनु भएकोमा प्रमुख अतिथी , अतिथि र समाजका सदस्यहरुप्रति आभार प्रकट गर्नु भएको थियो । विनोद नेपालको जन्म दिन समेत पारेर गरिएको यो समारोहमा विमोचित गोदानभित्र ५६ वटा कथाहरु समाविष्ट छन । अबका दिनमा पनि अन्य कृतिहरु प्रकाशन गर्दै जाने योजना रहेको जानकारी समेत दिइयो । कोरोना सन्त्रास वीच मास्क , अमृत जल ( स्यानिटाइजर)र सामाजिक दूरी ख्याल राख्दै आयोजित कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भएको थियो ।