२४ घण्टामा थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गएको २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नौ सय ४८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परिक्षण गर्दा छ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यू भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ८३ जना पुगेको छ