गाेङ्गबु हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्यो हत्याकाण्डकी मुख्य अभियुक्त

गाेङ्गबु हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्यो हत्याकाण्डकी मुख्य अभियुक्त

काठमाडौं, २७ साउन । नेपाल प्रहरीले गोंगबु हत्याकाण्डकी मुख्य अभियुक्त सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याकी मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरी उनी फरार रहेको प्रहरीको भनाइ छ ।हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार अभियुक्त कल्पनाले पनि हत्या स्वीकार गरिसकेकी छिन् । बोहोरालाई नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट) खुवाएको, त्यसपछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको उनले बयान दिएकी छिन् ।

प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापूर्वक हत्या गरी शव टुक्रा पारी सुटकेसभित्र फालिएको अवस्थामा फेलापारेको थियो ।गोंगबु नवज्योति मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।

कल्पनालाई चितवनबाट सोमबार राति नै काठमाडौं ल्याई आज सार्वजनिक गरेको हो ।