२४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

  • 30
    Shares
२४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ साउन ।नेपालमा पछिल्लाे २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । साेमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या जना पुगेको छ ।