काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ साउन।काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा तीन सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।