

काठमाडौँ, २४ साउन।नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९९ जना डिष्चार्ज भएका छन् ।
देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३७८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ५६ जना काठमाडौंका र ३–३ जना भक्तपुर र ललितपुरका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । मृत्यु हुनेमा मोरङ, पर्सा र काठमाडौंका एक–एक जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
शनिबार थप ४९९ जना डिष्चार्ज भएका छन् भने हालसम्म १६ हजार ३१३ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ६२०६ जना छन् ।