सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको १ लाख ३ हजार ५ सय पुग्यो

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम कायमै,तोलाको १ लाख ३ हजार ५ सय पुग्यो

काठमाडौँ,२३ साउन ।सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ ।सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।