

काठमाडौँ, २१ श्रावण।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौं उपत्यकाका ८७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । तीन सय ८९ पुगेको छ । त्यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएको र नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।
अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।