थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ जना डिस्चार्ज

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ जना डिस्चार्ज

काठमाडौँ, २१ श्रावण।नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ।

बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।