सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ, २१ श्रावण।कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सिहदरबार प्रवेशमा रोक लागाइएको छ।

मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ।गृहमन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार कोरोना भाइरसबाट बच्न सुरक्षा सावधानीका लागि भेटघाट र भीडभाड व्यवस्थित गरिएको हो।

सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै प्रवेश दिइने उनले बताए।