काठमाडौँ, २१ श्रावण।। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिस्तारै बढ्न थालेको छ । पर्सामा १८ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
सोमबार मृत्यु भएकी पर्साकी ती युवतीको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । सुरुवातमा पखाला लागेको र अवस्था जटिल बनेपछिमात्रै अस्पताल भर्ना गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।