

काठमाडौँ, २० श्रावण।नेपालमा गएको २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।
यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।साथै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ ।