कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ

कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ

काठमाडौँ, २० श्रावण।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ ।

संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताउनुभएको हो ।उहाँले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गर्नुभएको छ ।

केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताउनुभयो ।