२४ घण्टामा थप २४६ जनामा काेराेनाकाे सङ्क्रमण

२४ घण्टामा थप २४६ जनामा काेराेनाकाे सङ्क्रमण

काठमाडौँ, १८ श्रावण।गएको २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३१ जना काठमााडौं उपत्यकाका रहेका छन् । आइतबार काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ । आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् । त्यस्तै कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्ला विरगंञ्ज बस्न ६८ वर्षकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले कोभिड १९ निदानको लागि आरडिटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पुनः जानकारी गराइएको बताउनुभयो । त्यस्तै देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएकोले सेवा सञ्चालन गर्नको लागि उहाले आग्रह गर्नुभयो ।