चिसो र खराब मैदानका कारण नेपाल र हङकङको अभ्यास खेल रद्द

चिसो र खराब मैदानका कारण नेपाल र हङकङको अभ्यास खेल रद्द

एजेन्सी । आइसीसी विश्व कप छनोटमा अभ्यासरत नेपाल क्रिकेट टोलीको आजको हङकङ विरुद्धको दोस्रो अभ्यास खेल वर्षा र खराब मैदानका कारण रद्द भएको छ । यसअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ ।