सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको झण्डै एक लाख

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको झण्डै एक लाख

काठमाडौँ, १८ श्रावण।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ ।