२४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

२४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौँ, १७ श्रावण ।पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको परीक्षण भएको छ ।

अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।