कांग्रेस अनुगमन समितिले गर्यो नेपाल औषधि थोक व्यावसायी संघ संग छलफल

कांग्रेस अनुगमन समितिले गर्यो  नेपाल औषधि थोक व्यावसायी संघ संग छलफल

काठमाडौँ, १७ श्रावण । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित  कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा  छलफल सम्पन्न गरेको छ ।

नेपाल औषधि थोक व्यावसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली काँग्रेसका सह-महामन्त्री एव कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा  छलफल कार्यक्रम भएको छ । उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका थिए।

उक्त छलफलमा बोल्दैं कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाउनु भयो । यसरि भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गर्नुभएको छ ।  सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या  भोग्न बाध्य भएको बताउदै  सरकारलाई खबरदारी गर्न अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एन.पी.सावद, डा. प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।