विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन

  • 12
    Shares
विराटनगरमा भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर, १६ साउन।विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी पुनःभदौ १ गतेसम्म लकडाउन गरिएको छ ।

कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज (शुक्रबार) राती १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्षणसहितका कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि महानगरले सर्वपक्षिय छलफल आयोजना गरेको थियो ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।