कोरोना संक्रमणको जोखिम बढेसँगै बाँकेमा आइतबारदेखि निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढेसँगै बाँकेमा आइतबारदेखि निषेधाज्ञा

नेपालगञ्ज। बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञा जारी गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।साउन ७ मा लकडाउन खोलेपछि राजस्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल सञ्चालक र उनको कन्ट्याक्टमा आएका १६ जना गरी एकै पटक आज २७ जनामा कोरोना देखिएको छ।